Dishanirdesh (विजयकुमारले दर्शकलाई हेपे !)

रेडियो, टिभी कार्यक्रम प्रस्तोताको सम्पत्ति भनेकै उनलाई सुन्ने श्रोता र हेर्ने दर्शक हुन् । तर कहिलेकाहि प्रस्तोताको हर्कतले गर्दा श्रोता, दर्शकको चित्त दुख्छ । आज यस्तै भएछ विजयकुमार पाण्डेले कान्तिपुर टिभीमा चलाउने "दिशानिर्देश " कार्यक्रममा । आफुले हेर्न नपाएपनि कार्यक्रमपछि उनी र कार्यक्रमको बारेमा गरिएका Tweets ले दर्शक उग्र रिसाएको बुझ्न गार्हो छैन ....

  1. टेलिभिजन 'टक सो' का निश्चित मर्यादा हुन्छन्। जति नै सर्वज्ञाता प्रस्तोता हुन् तिनले दर्शकलाई सम्मान गर्न सिकुन्। #dishanirdesh #Vijayakumar
  2. अनुभवी प्रस्तोता अनि प्रोड्युसर #Vijayakumar#bhusandahal ले निर्माण गरेको #dishanirdesh मा दर्शकलाई यतीसम्म हेपिन्छ भन्ने सोचेको थिइन।
  3. यो त अत्ति भो । विजयकुमार, दिशानिर्देशको कार्यक्रम रेकर्डिङमै फोन उठाए । जे गरे नि हुन्छ भन्या यो हो !
  4. पत्रिकाले "पाठक"लाई र टेलिभिजन कार्यक्रमले "दर्शक"लाई उल्लु बनाउने जमाना गए । परिवर्तनको छिर्केलाई कसले रोक्ने ! #Media #Nepal
  5. विजयकुमारमा व्यवसायिकताभन्दा मपाईंत्व बढी छ ! आफूलाई ठूलो ठान्ने मान्छेले मलाई कहिलै प्रभाव पार्न सकेनन्
  6. 'ठूलाले जे गरे त्यो हुन्छ सर्वसम्मत' भन्ने उक्ति दोहोर्‍याउन खोजेका हुन् आजकाल आफूलाई पत्रकारिताका आदर्श मान्नेहरूले??? #VijayKumar
  7. व्यवसायिकता���ा चर्का कुरा गरेर नथाक्ने बाटो हगुवाहरूसँग आफूले गरेका अव्यवसायिक व्यवहारका बारेमा समिक्षा गर्ने हिम्मत छ?? #Media #Nepal
  8. मैले पढेको पत्रकारिता दिन दहाडै पत्रकारिताको आकाश थामेर बसेका वरिष्ठहरूको बलात्कारबाट कहिल्यै जोगिन सकेन :( #Media #Nepal #BijayKumar
  9. @rajankgautam उनले कार्यक्रम चलाउँदै फोन उठाए। अनावश्यक रुपमा ईश्वर पोख्रेलको सर्टको प्रसंग निकाले।
  10. @makaikhole नहेरेर ठीक त होइन दाइ, तर सार्वजनिक प्रसारणमा गर्ने सामाग्रीमा निश्चित मर्यादा हुन्छन् जस्को कुनै पालना गरेनन् #vijayakumar ले
  11. @rabin_grg रकर्डेड प्रोग्राम हो नि । त्यसमाथि कार्यक्रम चलाउने बेला त कि साइलेन्समा कि त बन्द नै गर्नुपर्यो नि । @dipakbhattarai
  12. भोली प्रतिकृया आउछ "नयाँ प्रयोग" गरेको भनेर ! बरिष्ठले जे गरे पनि छुट ~ #Bijaykumar #Dishanirdesh
  13. #VijayKumar को प्रोग्राम चलाउने 'चार्म' घट्दैछ जस्तो लाग्यो- youtu.be/651gvrkJNhI दर्शक भन्दा पनि आफु केसम्म गर्नसक्छु देखाउछन #DishaNirdesh

Did you find this story interesting? Be the first to or comment.

Liked!

Krishna Guragain

Sports, Media and Tech Enthusiastic. Occasional blogger, learner.

Total views
2,079

Storify

@Storify